माप्यदुधकोशीले घोषणा गर्‍यो थामे बाढी पीडितका लागि हालसम्मकै बढी राहत रकमको घोषणा



सोलुखुम्बु।माप्यदुधकोशी गाउँपालिकाले थामे बाढी पीडितहरुका लागि २८ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा आइतबार बसेको गाउँ कार्यपालिका बैठकले गत श्रावण ३२ गते खुम्बु पासाङ ल्हामु गाउँ पालिकाको वडा नं ५ थामेमा गएको हिम पहिरोमा परी पिडित भएका परिवारलाई राहत स्वरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो।

माप्यदुधकोसी गाउँपालिकाले घोषणा गरेको यो राहत रकम थामे बाढी पीडितका लागि स्थानीय तहहरुले घोषणा गरेको अहिलेसम्मको राहत रकममध्ये सबै भन्दा बढी हो।माप्यदुधकोशी र खुम्बु पासाङ ल्हामू छिमेकी गाउँपालिका हुन्।

माप्यदुधकोशी गाउँपालिका र खुम्बु जोड्ने ओर्लाङघाट मितेरी पुल पनि सो हिमपहिरोले पूर्ण क्षतिग्रस्त बनाएको छ।बैठकले गाउँपालिका भित्रका सडक तत्काल सरसफाई गर्ने निर्णय पनि गरेको छ।

उपाध्यक्ष राईका अनुसार गाउँ कार्यपालिका बैठकले स्वास्थ्य क्षेत्रलाई ब्यबस्थित रुपमा सन्चालन गर्न आवश्यक महत्त्वपूर्ण निर्णय गर्नुका साथै सबै स्वास्थ्य संस्थाहरुलाई सो अनुसारको निर्देशन जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्