इमान्दार दावाको अर्को प्रशंसनीय कार्य



दावा शेर्पा,काठमाडौं।ईमान्दारिता यति ठुलो हतियार हो,जसले अहंकारका ठुल्ठुला पहाडलाई क्षण भरमै ढाल्दिन सक्छ। बिश्वासको दरिलो जग बसाउंछ र कानूनका ठेलीहरुलाई परास्त गर्ने तागत राख्छ।सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा -१० स्थायी घर भई हाल मलेसियाको ‘ए फाइभ सेक्युरिटी सर्भिस’मा दावा शेर्पाले सो कुरा प्रमाणित गरेका छन् ।

हालै मात्र मलेसियास्थित नेपाली दूतावासको आग्रहलाई अस्वीकार गरेको त्यहाँको प्रशासनले शेर्पाको अनुरोधलाई स्वीकार गरेर एक नेपाली (नाम गोप्य राखिएको)लाई जेलमुक्त गराएको घटना मलेसियामा रहेका नेपालीबीच चर्चाको बिषय छ।

राजदुतावासलाई कानुनी रूपमा निर्दोष भएपनि परिवन्दले जेलभित्र रहेका ती नेपालीका बिषयमा पटकपटक
टेलिफोनमार्फत जानकारी गराउंदा दूतावासले थुनामुक्त गर्न पहल नसकिने बताएपछि आफुले प्रशासनसंग समन्वय गरेर थुनामुक्त गर्न सफल भएकोदावाले बताए।उनका अनुसार थुनामुक्त भएका ती व्यक्तिलाई दुई बर्ष जेल सजाय तोकिएको थियो।उनलाई निकाल्न सफल भएपछि दूतावासले पनि फोन गरेर आफुलाई धन्यवाद दिएको उनले बताए।

शेर्पाले २० मार्च २०२४ दमनसरास्थित एक सपिङ सेन्टरको गाडि पार्किङमा डिउटिमै रहेको अवस्थामा मलेसियन ५ लाख ८७ हजार,५ सय १६ रिङगेट रहेको ब्याग भेटाएका थिए ।

पैसाको सुर्केस ब्याग इमानदारीपूर्वक कार्यरत कम्पनीमा जानकारी गराई आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गर्नुका साथै नेपालीहरुको इमान्दारिताको प्रस्तुत गर्दै नेपालको नै इज्जत राखेकोमा मलेसिया सरकारले सम्मान गरेको थियो।बिश्वमा नेपालीको शान भनेकै ईमान्दारिता रहेकाले त्यो सबै नेपालीले बुझ्नुपर्ने उनको भनाई छ।

उक्त सुर्केस पैसाको ब्याग इमानदारीपूर्वक कार्यरत कम्पनीमा जानकारी गराई आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गरेकोमा मलेसियामा रहेका विभिन्न संघसंस्थाले उनलाई सम्मानित गरेका थिए।

यसैगरी नेपाल आदिवासी जनजाति महासंघ र शेर्पा संघ मलेसियाले शेर्पाको इमान्दारीप्रति धन्यवाद दिँदै प्रवासको ठाउँमा पनि आदिवासी जनजाति समुदाय लगायत नेपाल र नेपालीको शीर ठाडो बनाउने काम गरेको र मलेसियामा सिङ्गो नेपाली समुदाय र सुरक्षा गार्डको प्रतिष्ठा बढाएको भन्दै प्रशंसा पत्र प्रदान गरेको आदिवासी जनजाति महासंघ मलेसियाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्