दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा निवेदन
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ विरुद्ध सर्वोच्च अदालतमा मुद्दा गएको छ । प्रसाईंका कानुन व्यवसायी बन्दिप्रत्यक्षीकरणको निवेदन बोकेर सर्वोच्च पुगेका हुन् ।

निवेदन सर्वोच्चमा पेस भएको र अध्ययनको क्रममा रहेको प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए । साइबर अपराधको आरोपमा प्रसाई आइतबार पक्राउ परेका थिए भने काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ ।स्वास्थ्य सम्बन्धि समस्या देखिएपछि प्रसाईंलाई आईतवार रातीदेखि वीर अस्पतालमा राखिएको छ।
प्रसाईं पक्राउविरुद्ध उनका समर्थकहरुले राजधानी काठमाडौंको माइतीघर,गृह जिल्ला झापा लगायत देशका विभिन्न स्थानमा प्रदर्सन गरिएको छ।झापामा तीन ट्रकमा आगजनी गरिएको प्रहरीले जनाएको छ।

