असुरक्षाका कारण न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाको स्वागत कार्यक्रम स्थगित
काठमाडौँ । अमेरिकाको न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु देउवा राणाको स्वागतमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गरिए छ।समारोह स्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर कार्यक्रम स्थगित गरिएको न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासद्वारा जारी सूचनामा जनाईएको छ।

न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएक छ।’
प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा,समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ ।
महाबाणिज्य दूतावासद्वारा जारी सूचनामा भनिएको छ-सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, Summit of the Future तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलतावारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ । यसवाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ।

