सार्वजनिक लेखा समिति सभापति पोखरेल भन्छन्,- ‘मुलुकमा बेइमानहरुको बहुमत छ’
काठमाडौं। सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले अहिले मुलुकमा बेइमानहरूको बहुमत भएको बताउंँदै गर्दै प्रमाण, कागज र कानून स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था रहेको दुखेसो पोखेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघले शनिवार आयोजना गरेको बेरुजु फर्छ्यौट सम्बन्धी कार्यशाला गोष्ठीमा बोल्दै सभापति पोखरेलले यस्तो दुखेसो पोखेका हुन्।उनले उनले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्ने चेतावनी दिने गरेको बताए।
उनले बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्ने बताए। उनले कुनै एक जना मन्त्रालय मातहतको विभागको महानिर्देशकले टेण्डर, ठेक्का लगाउँछ, सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने,मूल्याङकन गर्ने, कामको रेखदेख गर्ने, मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने, चेक काट्ने आफैँ गर्ने र बेरुजु निर्माण व्यवसायीको बनाउने काम गलत भएको बताए।
उनले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको टाउकोमा राख्ने कामले देश सुधार गर्न नसकिने बताए। उनले जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्ने बताए।

