कोशी प्रदेश सभा भवन अगाडि पूर्ब मुख्यमन्त्री कार्कीले सुरु गरे अनशन

काठमाडाैँ।कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन्।

आफ्नो कार्यकालमा घोषणा भएका योजना तथा कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै कार्की विराटनगरस्थित प्रदेश सभा भवन अगाडि रहेको वनस्खखण्डि मन्दिरमा मंगलबार ४ बजेबाट अनशन बस्न सुरु गरेका हुन्।
कार्कीले केही समयअघि यस विषयमा प्रदेश सभामा अनशन बस्ने घोषणा गरेका थिए। उनले गत आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घण्टे अल्टिमेटम दिँदै ध्यानाकर्षण पत्र पठाएका थिए। कार्कीले वर्तमान मुख्यमन्त्रीलाई आज ४ बजेसम्म समय दिएका थिए।
आफ्नो माग पूरा नभएसम्म प्राण त्याग्न पनि तयार रहेको, तर अनशनबाट पछि नहट्ने कार्कीको भनाई छ।कार्कीले अनशन सुरु गरेको स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो।

