ओखलढुंगा लिखुका २० बर्षीय प्रेम महत दर्जी मृत फेला, श्रीमतीसहित अर्का एक युवक पक्राउ
काठमाडौं। ओखलढुंगाको लिखु गाउँपालिका-९ का २० वर्षीय प्रेम महत दर्जी काठमाडौंको कालोपुलमा मृत फेला परेका छन्।

धा हतियार प्रयोग गरेको र झुण्ड्याइएको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।उनको हत्या भएको आशंकामा जिल्ला प्रहरी परिसर,काठमाडौंले मृतककी श्रीमती २४ वर्षीया उषा नेपाली र अर्का युवक २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरेको परिसरका एसपी नवराज अधिकारले बताए।
यी दम्पती एक महीनादेखि कालोपुलस्थित बुद्धलक्ष्मी महर्जनको घरमा भाडामा बस्दै आएका थिए। हत्या अभियोगमा पक्राउ परेकी उषाको माइती भने मानेभन्ज्याङ गाउँपालिकामा पर्छ। पक्राउ परेका युवक पनि मानेभन्ज्याङकै हुन्।
विवाहेतर सम्बन्धका कारण हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ। तर अनुसन्धानबाट यसको यकीन भइसकेको छैन।
-सांकेतिक तस्बिर

