बाढीपहिरोका कारण हालसम्म १५३ जनाको मृत्यु, ४ हजार २ सय ३८ परिवार विस्थापित



काठमाडौं।अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आइतबार दिउँसो सम्म १ सय ५३ जनाको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ५३ जनाको मृत्यु,१ सय ७७ जना घाइते,
र ४७ जना वेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‌का घटनाबाट ४ हजार २ सय ३८ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्