हवाई इन्धन डिपो सिनामंगलबाट अन्यत्र सार्न प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामंगलमा रहेको मुलुककै सबैभन्दा ठुलो हवाई इन्धन डिपो उक्त स्थानबाट सार्न शुक्रबार निर्देशन दिएका छन् ।

उक्त डिपो उच्च जोखिमयुक्त स्थानमा रहेकाले अन्यत्र सार्न नव नियुक्त तीन राज्यमन्त्रीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरक्षित स्थानमा डिपो सार्न सरोकारवाला मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो ट्याक्सी वे र ट्याक्सी वे स्ट्रिपको क्षेत्रमा परेकाले सुरक्षाका दृष्टिकोणले सार्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले करिब ३ बर्षदेखि सार्न निगमलाई पत्राचार गर्दैआएको थियो ।
file foto

प्रतिक्रिया दिनुहोस्