बाढीपहिरो लगायतका विपद्मा परी हालसम्म १३० जनाको मृत्यु



काठमाडौं।अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १ सय ३० जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी जम्मा १ सय ३० जनाको मृत्यु भएको हो।

कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ९ जना वेपत्ता रहेको पनि बताईएको छ।

बाढीका कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय २९ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८९ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्‌का घटनाबाट ३ हजार ९ सय ९८ घर परिवार विस्थापित भएको पनि प्रहरीले जनाएको छ। (फाईल फोटो)

प्रतिक्रिया दिनुहोस्