बाढीपहिरोका कारण हालसम्म १२५ को मृत्यु ,३ हजार ७ सय २१ घर परिवार विस्थापित



काठमाडौं।अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु र हजार ७ सय २१ घर परिवार विस्थापित भएका छन् ।

प्रहरीका अनुसार यस अवधिमा १ सय ८२ पर डुबानमा,२ सय २२ वटा घर, ८० वटा गोठ, ४३ वटा पुल,१ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ५ सय ८५ बटा पशु चौपायको मृत्यु भएको छ।

बाढीपहिरो लगायतका विप‌द्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ३८ जना,लुम्बिनी प्रदेशमा २३ जना,कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २५ जनाको मृत्यु भएको हो।

यसैगरी,काठमाडौं उपत्यकामा ८ जना,कोशी प्रदेशमा ३४ जना,मधेश प्रदेशमा ९ जना,बागमती प्रदेशमा ७ जना,गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपशचिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४३ जना घाइते भएका छन् । =सांकेतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्