खोटाङ बाह्रपोखरीका बिकसहित पाँचजना मृत फेला
काठमाडौं।देशका विभिन्न ठाउँमा पाँचजना मृत अवस्थामा फेला परेका छन्।ललितपुर,पर्सा,गोरखा,सर्लाही र चितवनमा गरी पाँचजना मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका-४ धोबिघाट बस्ने खोटाङ बाहपोखरी गाउँपालिका-३ घर भएका ६२ वर्षीय अशोक विक सोही महानगरपालिकास्थित पिपलबोट नजिक सडकको पेटीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै, वीरगंज महानगरपालिका-१६ स्थित सडक पेटीमा वीरगंज महानगरपालिका-१९ घर भई वीरगंज रानीघाट डेरा गरी बस्ने २८ वर्षीय नन्दकिशोर साह सोनार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा,अजिरकोट गाउँपालिका-५ तानतले जंगलमा पालुङटार नगरपालिका-१० लप्सीचौर बस्ने ७५ वर्षीय मंगल कोईराला बिहीबार मृत अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ।
त्यसैगरी,सर्लाही,बरहथवा नगरपालिका-११ हिरापुर ब्यारेजस्थित मनुषमरा सिंचाई २ नम्बर पुलको मुनी पानीमा सोही ठाउँ बस्ने ६० वर्षीय शंकर दास बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उता,चितवन,भरतपुर महानगरपालिका-२६ सिसवासस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

