जय नेपाल फाउन्डेसन सोलुखुम्बुले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने
सोलुखुम्बु।जय नेपाल फाउण्डेसन जिल्ला कार्यसमिति सोलुखुम्बुले विपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति विषयक विचार गोष्ठिको आयोजना गर्ने भएको छ।

४२ औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा साउन ५ गते शनिबार काठमाडौंको सुकेधारामा बिचार गोष्ठीको आयोजना गर्न लागिएको अध्यक्ष नवीन थापाले जानकारी दिए।अन्तरक्रियामा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरु बल बहादुर केसी,आङ गेलु शेर्पा, नैनसिंह महर र कुन्दनराज काफ्ले प्रमुख बक्ताका रूपमा रहने बताईएको छ ।यसैगरी,नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, कांग्रेस नेता मनोजमणी आचार्य, जयनेपाल फाउण्डेसन अध्यक्ष बद्रि अर्याल लगायतको पनि सहभागिता रहने थापाले बताए ।
सोही कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्न सफल जिल्लाका विद्यार्थी र विद्यालयलाई सम्मान गरिने उनले बताए। २०८० सालको एसईईमा जिल्ला प्रथम हुन सफल खुम्जुङ मावि, दोश्रो केदार मावि र तेश्रो गार्मा माविसहित विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको फाउण्डेसनका अध्यक्ष थापाको भनाई छ।

