थुलुङ दुधकोशीको कांगेलमा भीरबाट लडेर एक महिलाको मृत्यु



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं २ काँगेलमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

काँगेलको भिरकुना भिरमा घाँस काट्न गएकी अन्दाजी वर्ष २५ कि अनिता भुजेलको आज बिहान भीरबाट लडेर मृत्यु भएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

बिहान ९ बजे तिर घरबाट घाँस काट्न गएकि उनी ढिलोसम्म पनि नफर्किएपछि फोन गर्दा नउठेपछि खोज्दै जाँदा उनको शव भेटिएको पारिवारिक श्रोतले जनाएको प्रबक्ता कार्कीको भनाई छ।

प्रहरी चौकी काँगेलको प्रहरी टोली र वडा अध्यक्ष युजन बस्नेत घ
घटना स्थल पुग्न लागेको वहाँले बताउनुभयो।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्