सिन्धुलीको खुर्कोट नजिकै माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते



सिन्धुली ।विपी राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। सर्लाहीबाट काठमाडौं तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१३२  नम्बरको माइक्रोबास शुक्रबार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

माइक्रोबस दुर्घटना हुँदा घाइते हुनेहरूमा माइक्रोबसका चालक बागमती नगरपालिका २ सर्लाहीका वर्ष ३८ का रुपराज राउत, सोही ठाउँका वर्ष ३८ को महेश कुमार थापा, कृष्णकुमार केसी, लालबन्दी नगरपालिका २ सर्लाही बस्ने  वर्ष १८ की खेसाङ लामा रहेका छन्। 

यस्तै कमलामाई नगरपालिका-९ का वर्ष ४९ का काउले माझी, तिनपाटन गाउँपालिका-७ का वर्ष ४१ की जमुना काफ्ले सोही ठाउँका रामजी काफ्ले, लालबन्दी ९ सर्लाही बस्तिपुरका अनोज मगर, उनकी दिदी वर्ष २४ की अस्मिता खपाङ्गी, अनोजकी छोरी वर्ष ५ की श्रीया योन्जन र लालबन्दी ७ सर्लाहीका ३१ वर्षका दशरथ यादव रहेका छन्।

घाइतेमध्ये गाडी चालक राउतको थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ।  घाइतेहरूको सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेर खुर्कोट स्थित शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ। माइक्रो बस सडकबाट करिब ३० मिटर तल खसेको छ। अन्य १० जना घाइतेको शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्