चट्याङ लागेर बाँकेमा दुई महिलाको मृत्यु,एकजना घाइते
बाँके।राप्ती सोनारी गाउँपालिका-२ हरियरपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३४ वर्षीय सम्झना बिक र ३७ वर्षीय बसन्ती भन्ने निमा उपाध्यायको छन्।खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ् ।
चट्याङ लागेर घाइते भएकी ३० वर्षीया शलिना डिसीको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

