असार २७ गते देखि युवा लक्षित तीन दिबसीय सेमिनार आयोजना गरिने
काठमाडौ । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९ गते सम्म सेमिनारको आयोजना हुन् लागेको हो ।

राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको सन्दर्भमा हुन लागेको समिनारमा नेतृत्व बिकास,चरित्र निर्माण ब्यक्तित्व बिकास स्थायी शान्तिका लागि पहलकदमी,दन्द्ध ब्यबस्थापन तथा आर्थिक बिकासकाबारेमा छलफल हुने आयोजकले जनाएको छ।
काठमाडौ महानगरपालिका बडा नं १ को सहकार्यमा हुन लागेको सेमिनारमा राष्ट्रिय विकासका लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको सन्दर्भमा पनि सेमिनारमा छलफल हुने कार्यक्रमका संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पु¥याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको सेमिनारको सह संयोजक कामना भुसालको भनाई छ ।
सेमिनारमा अन्तारष्ट्रिय प्रशिक्षक रिचेल हालिपा,लेखक,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम संयोजक बिरेन्द्र श्रेष्ठले जानकारी दिए । पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संधिय सांसद एकनाथ ढकालले बिशेष प्रशिक्षण दिने कार्यक्रममा छ ।
सेमिनारमा युपीएफ,नेपाल,तङ्ग इल मोदो संघ,बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाडौ उत्यकाका १६ देखि ४० बर्ष सम्ममा युवा युवतीहरुको सहभागिता रहने छ । सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।

