पानीको वहाव बढ्दै गएपछि खोलिए सप्तकोसीका सबै ढोका



जनकपुरधाम।सप्तकोशी नदीमा पानीको बहाब अत्याधिक बढेपछि सबै ढोका खोलिएको छ।

५६ वटा ढोका रहेको कोशी ब्यारेजको सबै ढोका खोलिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए।उनले पछिल्लो तथ्यांक अनुसार कोशीमा ३ लाख ७० १५० क्युसेक प्रति सेकेन्डको दरले पानीको बहाब रहेको बताए‍।

उनले कोशी नदीको पुलमा रेडलाइट जलाइएको जानकारी दिए। कोशीमा अहिलेपनि पानीको बहाब बढ्ने क्रम जारी नै रहेको छ।
उनले पानीको बहाब बढ्दै जाँदा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सीमापारीका जिल्लाका डिएम तथा सम्बन्धीत निकायसँग समन्वय गरेर ढोका खोल्ने काम भएको उनले बताए।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्