गिरिजा प्रसाद कोइरालाको १०० औं जन्म जयन्तीमा जय नेपाल फाउन्डेसनको अन्तरक्रिया
सोलुखुम्बु।पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति लोकतान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोईरालाको १०० औं जन्म जयन्तीको अवसरमा जय नेपाल फाउन्डेसन सोलुखुम्बुले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

नेपाली कांग्रेसका केन्द्री सदस्य पर्यटन विभागका प्रमुख आङगेलु शेर्पाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस थुलुङ दुधकोशी १ नेलेका सभापति चुडाबहादुर बस्नेतको सभापतित्वमा अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अतिथि शेर्पाले गिरिजा प्रसाद कोईरालाको जीवनी भन्नु नै सिङ्गो नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास भएको बताउनुभयो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं जय नेपाल फाउन्डेसन सोलुखुम्बुका अध्यक्ष नवीन थापाले सहमति सहकार्य र एकताको बाटोमा हिड्नु नै गिरिजाप्रसाद कोईरालाप्रतिको सच्चा सम्मान भएको बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्रदीप राई, पूर्ब महाधिवेशन प्रतिनिधि वीरबहादुर गुरुङ,नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका सदस्य सुर्य बस्नेत,जीवन ज्योति माबि नेलेका प्रधानाध्यापक प्रभुराम बस्नेत,नेपाल विद्यार्थी संघ सोलुखुम्बुका सचिव मोहनकृष्ण निरौला, नेपाली कांग्रेसका नेता कुमार खड्का,नेपाली कांग्रेसका युवा नेता द्रोण बास्तोला,नेपाली कांग्रेस थुलुङ दुधकोशी १ नेलेका सचिव साजन घलेले स्वर्गीय कोइरालाको ब्यक्तितब र योगदानबारे चर्चा गर्नुभएको थियो।

