तत्काल राजीनामा नदिने अडानमा प्रधानमन्त्री दाहाल



काठमाडौँ।तत्काल राजीनामा नदिने मनस्थितिमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शितल निवास पुगेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास गएको बताईएको छ। कांग्रेस र एमालेबीच नयाँ सत्तागठबन्धन बनाउने सहमति भएपछि राजनीतिक रुपमा उनी अल्पमतमा परेका छन् ।

यसअघि आज बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले दुई दलबीच नयाँ सहमति भएपनि प्रधानमन्त्रीले राजीनामा नदिने र संसद्मा विश्वासको मतको सामना गर्ने निर्णय गरेको थियो। file foto

प्रतिक्रिया दिनुहोस्