नेराशिसंको २४ औं जिल्ला परिषद सम्पन्न,दुई विद्यार्थीलाई डा. बास्तोलाद्वारा स्थापित पुरस्कार प्रदान



सोलुखुम्बु।नेपाल राष्ट्रिय शिक्षक सङठन जिल्ला समिति सोलुखुम्बुको २४ औं जिल्ला परिषद तथा तेस्रो सोताङ गाउँपालिका अधिबेशन सम्पन्न भएको छ।

संगठनका राष्ट्रिय पार्सद गिता गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनले गिता गुरुङको अध्यक्षतामा १९ सदस्यीय सोताङ गाउँपालिका समिति गठन गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सोलुखुम्बुका अध्यक्ष टंक दाहालले जानकारी दिए।

दाहालका अनुसार नव निर्बाचित गाउँपालिका समितिमा उपाध्यक्षहरु बुद्ध राज राई र उषा लामिछाने (महिला),सचिव युवराज वस्नेत, कोषाध्यक्ष सबिना कुलुङ,सहसचिव देविका थापा,र सहकोषाध्यक्ष लोकेन्द्र राई छन्।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेश समिति सदस्य किशोरकुमार खत्री,जिल्ला समिति सोलुखुम्बुका अध्यक्ष टंक दाहाल,सचिब नवराज राई,जिल्ला समन्वय समिति सोलुखुम्बुका पूर्ब प्रमुख वीरकुमार राई,सोताङ गाउँपालिकाका पूर्ब अध्यक्ष बीरबहादुर राई,नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका पूर्ब उपाध्यक्ष हर्क नाछिरिङ,नेकपा एमाले सोताङ गाउँपालिका कमिटी इन्चार्ज प्रकाश कार्की,अध्यक्ष धनकुमार बिक,पालिकाका पूर्ब उपाध्यक्ष लक्ष्मी कार्की,अनेमसंघ जिल्ला कमिटी अध्यक्ष मनसरी राई र ओखलढुंगा क्यापसका प्रमुख ईश्वर तिमिल्सिना र स्थानीय तहका निर्बाचित जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो। परिषद बैठक तथा अधिबेशन सफलताका लागि शुभकामना दिने क्रममा अधिकांश बक्ताहरुले सोताङको स्थानीय सरकारकै कारण शैक्षिक क्षेत्र तहसनहस बनेको बताउंदै आग्रह पुर्वाग्रहपूर्ण शिक्षक सरुवाको चर्को बिरोध गरेका थिए।

संगठनका गाउँपालिका अध्यक्ष लालकुबीर राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थायी सेवामा नव प्रबेशी ८ जना शिक्षक झमक बाबु बस्नेत,धनकुमारी राई,डोमालक्ष्मी राई,बसन पाखिन,भाइकाजी बस्नेत,सानुमाया कुलुङ,निलम कुलुङ र गोविन्द कोइराला तथा पालिका भित्रका ७ वटा विद्यालयका प्रधानाध्यापकहरु क्रमशः हुलु माबिका टंक दाहाल,सोताङ आविका सबिना कुलुङ,मदन आश्रीत आबिका हरि बहादुर बस्नेत,हुगा माबिका झनक बस्नेत,तोस्खम आविका गिता गुरुङ लगायतलाई सम्मानित गरिएको थियो।यसैगरी, अनिबार्य अवकाश प्राप्त शिक्षक लक्ष्मण साह,प्राबि तृतीयबाट बढुवा हुने शिक्षक छत्र थापालाई सम्मानित गरिनुका साथै पालिका उत्कृष्ट बिद्यार्थी बीरेन्द्र ज्योति माबिमा अध्ययनरत छात्र रोमन बस्नेत र छात्रा अर्पण ठटाललाई सम्मान स्वरुप ५ हजार नगद सहित पुरस्कृत गरिएको सो संगठनले जनाएको छ।

उत्कृष्ट विद्यार्थी पुरस्कारको व्यवस्था हालै मात्र अमेरिकाबाट विद्यावारिधी गरेका नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व सदस्य, बासाखाली माबि माप्यदुधकोशीका पुर्व शिक्षक डा.थोमस वास्तोलाले गरेको जिल्ला अध्यक्ष दाहालले जानकारी दिए।

उनका अनुसारडा बास्तोलाद्वारा स्थापित ५ हजार नगद र सम्मान पत्र सहितको सो पुरस्कार हरेक बर्ष सोलुखुम्बु जिल्लाका आठ वटै पालिकाका आधारभुत तह कक्षा ८ को परीक्षामा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई नेपाल राष्ट्रिय शिक्षक संगठनले प्रदान गर्नेछ। विद्यार्थीलाई उत्साह थप्ने तथा प्रोत्साहन मिल्ने गरी यो पुरस्कार स्थापनाका लागि पहलकदमी लिएकोमा संगठनले डा. बास्तोलाप्रति आभार व्यक्त गरेको अध्यक्ष दाहालले बताए।

प्रतिक्रिया दिनुहोस्