भौतिक पूर्बाधार मन्त्रालयको बजेटप्रति संसद बैठकमा सांसदहरुको तीब्र आक्रोश
काठमाडौं।प्रतिनिधिसभामा बिनिजोजन बिधेयकमाथि भइ रहेको छलफलका क्रममा सांसदहरुले भौतिक पूर्बाधार मन्त्रालयको बजेटमाथी तीब्र आक्रोश व्यक्त गरेका छन्।

मंगलबार गृह मन्त्रालय,परराष्ट्र मन्त्रालय ,भौतिक पूर्बाधार तथा यातायात मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय,राष्ट्रिय योजना आयोग र रास्ट्रपति तथा उपराष्ट्रपति कार्यालयको बिनियोजित बजेटमाथी छलफलका क्रममा सांसदहरुले पूर्बाधार तथा यातायात मन्त्रालयको बजेट माथी तीब्र आक्रोश व्यक्त गरेका हुन्।सो मन्त्रालयमा रघुबीर महासेठ मन्त्री छन्।उपप्रधानमन्त्री समेत रहेका महासेठले आफ्नो निर्बाचन क्षेत्रलाई मात्रै प्राथमिकता दिएर बजेट बिनियोजन गरेको सांसदहरुको आरोप छ।
अरु त अरु महासेठकै पार्टी एमालेका सांसद रघुजी पन्तले भौतिक पूर्वाधार तथा यतायातमन्त्री रघुवीर महासेठलाई मन्त्री एउटा निर्वाचन क्षेत्र र जिल्लाको मात्रै नहुने कुराको ख्याल गर्न सुझाउनुले पनि यो मन्त्रालयको बिनियोजित बजेट माथि कति असन्तुष्टि छ भन्ने स्पष्ट पार्दछ।
राप्रपा अध्यक्ष एबम संसदीय दलका नेता राजेन्द्र लिंङ्देनले त रोष्ट्रममै सो मन्त्रालयको बिनियोजित बजेट पुष्तिका च्यातेका थिए।कांग्रेस सांसदले समेत उनको सो कदमलाई समर्थन गरेका थिए ।संसदको रोष्ट्रममा एक जनाले पुष्तिका च्यात्नु सबैले च्यात्नु सरह भएको भन्दै उनीहरूले बजेट प्रति असन्तुष्टि जाहेर गरेका थिए।
जनमत पार्टीका सांसद अब्दुल खानले त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न सरकारसँग माग नै गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
सांसद खानले सो मन्त्रालयको बजेट नेतामुखी भएकाले पनि त्यसलाई पुनर्लेखन गरेर अघि बढाउन उपयुक्त हुने सुझाव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई दिए । केही क्षेत्र र केही जिल्लाहरूमा मात्रै बजेट सीमित गराउने काम मन्त्रीहरूले गर्न नहुने उनको भनाइ थियो ।

