प्राकृतिक प्रकोपका कारण जेठ ३० यता मुलुकभर १ सय ३ जनाको मृत्यु



काठमाडौं, ३१ असार ।बाढीपहिरोको कारण एक महिनाको अवधिमा देशभर एक सय तीन जनाको मृत्यु भएको छ। ४३ जना बेपत्ता भएका छन्।

नेपाल प्रहरीका अनुसार ३० जेठदेखि ३० असारसम्म देशका विभिन्न जिल्लामा आएको बाढीपहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा परेर एक सय तीन जनाको मृत्यु भएको हो। बाढीपहिरोमा परेर ४३ जना बेपत्ता भएका छन् भने ९७ जना घाइते भएका छन्।

गण्डकी प्रदेशमा मात्रै ६१ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता र ५३ जना घाइते भएका छन्।

त्यसैगरी बाढीपहिरोमा परेर कर्णाली प्रदेशमा १५ जनाले ज्यान गुमाएका छन् भने तीनजना बेपत्ता र पाँच जना घाइते भएका छन्।

त्यस्तै सुदूरपश्चिम र प्रदेश ५ मा १०र१० जना, प्रदेश १ मा चार जना र बागमती प्रदेशमा तीन जनाको मृत्यु भएको प्रहरी तथ्यांकमा उल्लेख छ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका ११ हजार परिवार पहिरोको उच्च जोखिममा छन्। त्यसमा पनि ०७२ को विनाशकारी भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा पहिरोको जोखिम बढी छ।

प्रतिक्रिया दिनुहोस्