झोलुङ्गे पुलको लट्ठा चुँडिदा अड्किएका खच्चरहरूको उद्दारका लागि सेना खटिंदै
काठमाडौं।दैलेखको आठबीस नगरपालिकामा झोलुङ्गे पुलको लट्ठा चुँडिदा खच्चरहरू अड्किएपछि नेपाली सेनासहितको टोली उद्धारको लागि घटनास्थलतर्फ गएका छन् ।

आठबीस–४ खिड्किज्युला र अछामको विनायक नगरपालिका–९ चिल्तडा जोड्ने पुलको लट्ठा चुँडिएपछि अड्किएका खच्चरको उद्धारको लागि दुवै जिल्लाबाट प्रहरी टोली घटनास्थल गएका छन् ।
दैलेखबाट नेपाली सेनासहितको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी सन्तोष विकले बताए ।दैलेखको आठबीस नगरपालिका- ४ खिड्किज्युला र अछामको बिनायक नगरपालिका- ९ चिल्तडा जोड्ने पुलको लट्ठा चुँडिएपछि पुलमा यात्रारत १४ खच्चर पुलमै अड्किएका छन् ।

