एमाले सोलुदुधकुण्ड नगर अध्यक्षमा दीपक राजभण्डारी सर्बसम्मत
सोलुखुम्बु।नेकपा एमाले सोलुदुधकुण्ड नगर कमिटीको अध्यक्षमा दीपक राजभण्डारी निर्बाचित भएका छन्।

शुक्रबार सम्पन्न दोश्रो नगर अधिबेशनले राजभण्डारीको नेतृत्वमा ३९ सदस्यीय नगर कमिटी सर्बसम्मत निर्बाचित गरेको निर्बाचन समितिले जनाएको छ।राजभण्डारी पार्टीको सातौं अधिबेशनबाट निर्बाचित उपसचिव हुन।उनी बैशाखमा सम्पन्न जिल्ला कमिटीको आठौं अधिबेशनमा सचिब पदमा पराजित भएका थिए।
निर्बाचन समितिका अनुसार उपाध्यक्षमा मिङ्गमार छिरी शेर्पा,सचिबमा दाडोमा शेर्पा,उपसचिवमा आङ्ग कामी शेर्पा र
उपसचिव महिलामा मिनाकुमारी मगर सर्बसम्मत भएका छन्।
अधिबेशनको शुक्रबार नै एमाले केन्द्रीय कमिटी सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर कुमार अधिकारीले गरेका थिए।उद्घाटन समारोहमा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी प्रदेश कमिटी सदस्य,जिल्ला कमिटी पदाधिकारी तथा नगरपालिकाका एमाले कार्यकर्ताहरुको बाक्लो उपस्तिथि थियो।

