मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंह र मन्त्रीहरुले लिए सपथ



जनकपुर।मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसंग पद तथा गोपनियताको सपथ लिएका हुन्।

नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका ५५ जना सांसदहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सिंहसँगै मन्त्रीहरूले पनि शुक्रबार नै शपथ लिएका छन् । मुख्यमन्त्री सिंहले यसअघि अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई नियुक्त गरेका थिए।

यस्तै, एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव ले(महोत्तरी) भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा(एस)बाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा नेकपा(एस)की बेंची लुङ्गेलीलाई ऊर्जा, सिँचाइ र खानेपानी मन्त्री, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यस्तै एमालेकै राजकुमार लेखीले शिक्षा तथा संस्कृति मन्त्रालय र शत्रुधनप्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन् । त्यस्तै एमालेबाटै प्रमोदकुमार जयसवालले खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मा पाएका छन् ।

त्यस्तै एमालेका केशव राय र शारदादेवी थापाले क्रमश: स्वास्थ्य राज्यमन्त्री र शिक्षा तथा संस्कृति राज्यमन्त्रीको लिएका छन् । त्यस्तै जनमत पार्टीकी न्जुकुमारी मण्डल खङ्गले विनाबिभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्