उपेन्द्र बाहिरिएपछि भित्रिँदै प्रदिप



काठमाडौं।उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएसंगै जसपा नेता प्रदीप यादव सरकारमा भित्रिने भएका छन्।

वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भन्दै यादवले राजीनामा दिएपछि रिक्त स्वास्थ्य मन्त्रालय सम्हाल्ने गरी अशोक राई नेतृत्वको जसपाबाट यादव सरकारमा भित्रीने भएका हुन्।

मधेस प्रदेशमा आइतबार नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको थियो।त्यसको भोलिपल्ट यादव संघीय सरकारबाट बाहिरिएका हुन् ।यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा २ महिना अघि उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन्।

अशोक राई समूहले बैखाख १३ गते जसपा विभाजन गरेको थियो । प्रतिनिधि सभामा जसपाबाट उपस्थित १२ सांसद मध्ये अशोकको पक्षमा ७ र यादवको पक्षमा ५ जना सांसद खुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्