नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेच भन्दा टाढै राख्न सभामुख घिमिरेको सुझाव



काठमाडौं।सभामुखले आज बिहान प्रधानमन्त्रीसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्नुभएको छ । उहाँहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भयो ।

प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिनुभयो । उहाँले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने बताउनुभयो । उहाँले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराउनुभएको थियो ।

सभामुखले कानून,न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग हिजो छलफल गर्नुभएको थियो । उहाँले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिनुभएको थियो । उहाँले नीति तथा कार्यक्रम संसदभन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिनुभएको थियो ।

सभामुखले नीति तथा कार्यक्रम र बजेटमा विगतका बिर्सनलायक घटनालाई पुनरावृत्ति नगर्न समेत दलहरूको ध्यानाकर्षण गराउनुभएको थियो ।file foto

प्रतिक्रिया दिनुहोस्