संखुवासभा पहिरो अपडेट : चारजनाको जीवितै उद्धार



काठमाडौं २८ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको वेसिन्दाको पहिरोबाट चार जनाको जीवितै उद्धार गरिएको छ। शनिबार राति आएको पहिरोले सात घर बगाएको छ भने ११ जना बेपत्ता छन्।
गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले दिएको जानकारीअनुसार पहिरोमा परेका चार जनाको भने स्थानीयले जीवितै उद्दार गरेका हुन्। पहिरोका कारण वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा समेत क्षति पुगेको छ। अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्दारमा कठिनाइ भएको अध्यक्ष राईले बताए।
प्रहरीको टोली घटनास्थलमा पुगेर बेपत्ताको खोजी तथा उद्धार कार्य सुरु गरको जिल्ला प्रहरी कार्यालय डिएसपी नवराज मल्लले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्