राष्ट्रिय भूमि आयोग खारेज
काठमाडौँ।सरकारले अघिल्लो सत्ता गठबन्धनका बेला गठन भएको राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

२०७८ साउनमा गठन भएको भूमि आयोगलाई खारेज गर्दै सरकारले नयाँ आयोग बनाउन लागेको हो । त्यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७७ वैशाखमा देवी ज्ञवालीको अध्यक्षतामा रहेको आयोग खारेज गर्दै केशव निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको थियो ।
पाँच दलले बुधबार सार्वजनिक गरेको साझा न्यूनतम नीतिगत प्राथमिकता र कार्यक्रममा भूमिसम्बन्धी समस्या समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका थिए ।

