प्रतिनिधिसभा बैठकमा सोताङमा ढुंगाले किचेर मृत्युवरण गरेका तुलामान र बेपत्ता जुबिङका केशव राईका कुरा, क्षतिपूर्ति र छानबिनको माग



काठमाडौं।प्रतिनिधिसभा सदस्य मानबीर राईले पुल निर्माणका लागि खाडल खन्ने क्रममा ढुंगाले थिचेर मृत्युभएका तुलामान राईको परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

पर्यटकीय जिल्ला सोलुखुम्बुमा पछिल्लो समय एकपछि अर्को शंकास्पद घटना घटिरहेको बताउँदै बुधबार बसेको प्रतिनिधिसभा बैठकमार्फत सांसद राईले सोताङ गाउँपालिकाको हुंगा खोलामा खाडल खन्ने क्रममा मंगलबार ढुंगाले च्यापेर मृत्यु भएका राईका पीडित परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसंग माग गरेका हुन् ।

सांसद राईले फागुन २७ गतेदेखि हराईरहेका माप्यदुधकोशी गाउँपालिका वडा नं-१ जुभिङका २५ बर्षीय केशव राईको शब खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अनकन्टार भीर मुनि मंगलबार दुधकोशी नदीमा फेला परेको जानकारी दिंदै घटनाको निष्पक्ष छानबिन गर्न समेत माग गरे।घटना शंकास्पद रहेको सांसद राईको भनाई थियो।

उनले सोताङ र नाम्चे इलाका प्रशासन कार्यालय लामो समयदेखि कार्यालय प्रमुखविहिन रहेको भन्दै बैठकमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।कार्यालय प्रमुख नहुंँदा त्यस क्षेत्रका जनता मारमा परेका छन, प्रतिनिधिसभा बैठकमा सांसद राईले भने-‘ती कार्यालयहरुम तत्काल कार्यालय प्रमुखको ब्यबस्था गर्न म सरकारको ध्यानाकर्षण गर्दछु।’

प्रतिक्रिया दिनुहोस्