२१ बर्षपछि पक्राउ परे साथीको हत्या गरि फरार सोलुखुम्बुका तेजबहादुर राई



काठमाडौं। आफ्नै साथीको हत्या गरि फरार रहेका एकजना २१ वर्षपछि पक्राउ परेका छन्।

काठमाडौंको मरुढोका इनाटोलस्थित बिनोद शाहीको राँगा काट्ने बधशालाभित्र संजय शाहीको हत्या गरि फरार रहेका सोलुखुम्वु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं ४ घर भएका तिखे भन्ने तेज बहादुर राई पक्राउ परेका हुन्।

२०५९ साल असोज १४ गते शाहीको हत्या गरेका फरार उनलाई चैत ५ गते कोटेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी राईलाई सार्बजनिक गरेको छ।

फलामको रडले टाउको लगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रबक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्