कारको ठक्करबाट कुबेतको एउटै कम्पनीमा कार्यरत तीन नेपालीको मृत्यु



काठमाडौं।कुवेतमा एउटै कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ। मंगलबार (मार्च १२) मा कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ नेपालीको दुर्घटनास्थलमै निधन भएको हो।

नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लका अनुसार दुर्घटनामा लयती पञ्चदेवल विनायक-५, अछामका सुरतबहादुर कठायत, नागार्जुन-२, काठमाडौँका सुजन कार्की र वेंगाडावर-३, धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो। तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे।

स्थानीय नागरिक गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्