नवनियुक्त तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं।मधेस,गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्।राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मधेश प्रदेश प्रमुखमा सुवित्रा भण्डारी सुवेदी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई नियुक्त गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।नवनियुक्त प्रदेश प्रमुखले बुधबार नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति पौडेलले शपथ खुवाएका हुन्।
यसअघि बुधबार नै राष्ट्रपति पौडेलले मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरेका थिए।

