नेपाली सेनाले मनायो २ सय ६१ औँ स्थापना दिवस,सैनिकमञ्च टुंडिखेलमा हर्षबढाँई



काठमाडौं।नेपाली सेनाले शुक्रबार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाएको छ।

महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको नेपाली सेनाले जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना,बाहिनी, गण, गुल्मलगायत निकायमा विभिन्न कार्यक्रम आयोजना गरेको छ।

यसै अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रवार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ।सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो।

महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेका थियो। राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्तिस्थत सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो। सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए।

प्रतिक्रिया दिनुहोस्