मुलुक अवस्था बिग्रनुमा ब्यबस्था दोषी छ,नयाँ सहमति गरेर अगाडी बढौं : लिङदेन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले
समग्र देशको अवस्था ठिक नरहेको बताउंदै यसलाई सुधार गर्नका लागि नयाँ राजनीतिक सहमति गरेर अगाडी बढ्नुको विकल्प नरहेको बताएका छन्।

देशको अवस्था बिग्रदैं जानुमा अहिलेको व्यवस्था दोषी रहेको बताउंदै उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नयाँ सहमति गरेर अगाडी बढ्न सबै पक्षलाई आग्रह समेत गरे।सम्बोधनका क्रममा उनले सत्ता केन्द्रित यो चलखेलमा सहभागी नहुने निर्णय गरिसकेको पार्टीलाई सत्तामा जान खोजेर पनि सकेन भन्ने भ्रम छर्न खोजिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका थिए।
राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक नरहेको पनि बताए। उनले राप्रपालाई सत्तामा नलिने भन्नेकुरा कतिपय पार्टीहरुले गर्वका साथ भनिरहेको कुरालाई आफ्नो पार्टीले नोटिसमा राखेको उनको भनाई थियो।उनले केही दिनपछि नै राप्रपा चाहियो भन्ने दिन आउने अवस्था नबनाउन चेतावनी दिए।
उनले भने, ‘कतिपयलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो, भन्ने भ्रम लगाइयो मात्रै होइन, कतिपय साथीहरुले बढो उत्साहका साथ हामीले राप्रपालाई नलिने भनेका छौँ भन्नुभयो। त्यसलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नोटिसमा राखेको छ। हामी यो सत्ता केन्द्रित चलखेलमा सामेल छैनौँ। राप्रपाले सहभागी हुन खोजेर पनि नसकेको हो भन्नेकुराको भ्रम नरहोस्। त्यसलाई नोटिसमा राखेका छौँ। तपाईको यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्।’file foto

