नागरिक उन्मुक्तिको अध्यक्षमा फेरि रञ्जिता,रेशम पार्टी सदस्य बन्न समेत अयोग्य रहेको आयोगको निष्कर्ष



काठमाडौं।नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ दोहोरिएकी छन् ।

हाल पार्टी अध्यक्ष रहेका रेशम चौधरीलाई वैधानिकता दिन निर्वाचन आयोगले अस्वीकार गरेपछि रञ्जिता पार्टी अध्यक्ष दोहोरिएकी हुन।रेशम पत्नी रञ्जिता पार्टी महाधिवेशन अघि पार्टी अध्यक्ष थिइन।आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको निष्कर्ष समेत निकालेको छ।

गएको पुस २७ गते कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्वाचित भएका थिए ।टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएका चौधरीले केन्द्रीय समिति अध्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्