नागरिक उन्मुक्ति पार्टी पनि सत्तापक्षमा !



काठमाडौं।सत्ता समीकरण फेरिएसँगै प्रतिपक्षी भूमिका निर्बाह गर्ने निर्णय गरेको रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि सत्तापक्षीय बेन्चमा बसेको छ ।

प्रतिनिधि सभाको बिहिवारको बैठकमा नाउपा सत्तापक्षीय बेन्चमा बसेको हो।सो पार्टीले बुधबारमात्रै प्रतिपक्षी बस्ने निर्णय गर्दै दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने बताएको थियो।

गठबन्धनमा सहभागी भएपनि सरकारमा सहभागी नरहेको जसपा पनि सत्तापक्षको बेन्चमा बसेको छ।यसैगरी,नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),एकीकृत समाजवादी सत्तापक्षको बेन्चमा बसेको संसद सचिवालयले जनाएको छ।

सत्ता पक्षमा आसिन एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १० र नाउपाका ४ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्