जनजीविकाका सवालमा प्रभावकारीरूपमा प्रस्तुत हुन सांसदहरुलाई कांग्रेसको निर्देशन
काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

कांग्रेस संसदीय दलको आजको बैठकले समर्थन फिर्ता लिएर संसद्मा प्रमुख प्रतिपक्षी दलका हैसियतमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको हो।बैठकले आफ्ना सांसदलाई सदनमा जनजीविकाका सवालमा प्रभावकारीरूपमा प्रस्तुत हुन निर्देशन गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
कांग्रेस गठबन्धनप्रति सदैव इमानदार र प्रतिबद्ध रहेको र सहमतिअनुसार पालना गर्दै आएको भए पनि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको प्रतिक्रिया उनलेे दिए ।

