सोलुखुम्बुमा मगर सङ्घको छैटौं जिल्ला भेला सम्पन्न, बुद्धिबहादुरको नेतृत्वमा नयाँ समिति चयन



सोलुखुम्बु। नेपाल मगर सङ्घ जिल्ला कार्य समिति सोलुखुम्बुको अध्यक्षमा बुद्धिबहादुर पुलामी मगर चयन भएका छन्।

संघका जिल्ला अध्यक्ष नरेन्द्र कुमार मगरको अध्यक्षता तथा नेपाल मगर संघका प्रदेश सदस्य महेश कुमार रानामगरको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न छैटौँ जिल्ला भेलाले मगरलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

भेलाले वरिष्ठ उपाध्यक्षमा भैराज राना मगर उपाध्यक्षमा राज कुमार श्रीस मगर,सचिवमा रस्बिन खप्तरी मगरलाई चयन गरिएको छ भने  सह सचिवमा गोविन्द खप्तरी मगर र याम बहादुर बुढाथोकी मगरलाई कोषाध्यक्षमा चयन गरेको प्रदेश समिति सदस्य महेश राना मगरले जानकारी दिए । 

सदस्यहरुमा राजकुमार मगर मगर पत्ताले,बहादुर मगर वप्सा,कृष्ण रजान मगर चारघरे,भेष बहादुर रानामगर तिङ्ला ,गोरे बहादुर थापा मगर नेले समिता मगर तिङ्ला ,बाबुकाजि रजान मगर पत्ताले,नरभुपाल रानामगर खरीखोला, विर बहादुर मगर सिसा, शक्ति बुदुजा मगर सल्लेरी, कविता मगर सल्लेरी, कुमार मगर सल्लेरी, सोम ब मगर सल्लेरी,भुपाल रेग्मिमगर वाप्सा छन्।

यसैगरी, गोबिन्द खप्तरीमगर वाप्सा ,सुजन थापामगर सिसा, धर्मे राजन मगर फतन्जे, चन्द्र बहादुर बुदुजामगर चैलुङ ,एकराज रानामगर आङपाङ ,कमल पुलामि मगर लोदिङ ,नरेश मगर वाप्सा, सन्त बुढाथोकीमगर, कालुमान बुढाथोकीमगर तिङ्ला,लेख कुमारीमगर सल्लेरी, नर बहादुर गुर्मछान मगर,यमुना मगर ,भलाकाजि बुढाथोकिमगर खरीखोला पनि समितिको सदस्यमा चयन भएको बताइएको छ।

सोही भेलाले नरेन्द्र थापा मगरको संयोजकत्वमा चौध सदस्यीय सल्लाकार समिति पनि चयन गरेको छ । जसमा सह संयोजक ललित बहादुर थापा मगर, सदस्यहरूमा, प्रेम ब थापा मगर, सन्तोष राना मगर, श्रीलाल राना मगर मोती प्रसाद राना मगर, पदम बहादुर राना मगर, टिका माया मगर, होम थापा मगर राम प्रसाद मगर, कुलध्वज राना मगर, गोपाल राना मगर, भाइकाजी पुलामी मगर र छिण्डी ल्हामु शेर्पा थापामगर लाई चयन गरिएको नेपाल मगर सङ्घ प्रदेश समिति सदस्य रानामगरले जानकारी दिए।   

प्रतिक्रिया दिनुहोस्