साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
काठमाडौं।ग्रीन फिल रेष्टुरेण्ट पुतली सडकको सभा कक्षमा दिनको ठिक एक बजेबाट कार्यक्रम सुरु भयो।साहित्य सुधा नेपालकी कल्पनाकार कवि मनीषा प्रसाई हुन् भने संस्थापक अध्यक्ष कल्पना काफ्लेको सभापतित्व,सटिक उद्घोषक कृष्णदेव रिमालको उद्घोषण, प्रा.डा बिष्णुविभु घिमिरेको प्रमुख आतिथ्य,संरक्षकद्वय-प्रा.डा रामप्रसाद ज्ञवाली, प्रा.डा देवी नेपाल, पुरस्कार संस्थापक अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल,सम्मानित/पुरस्कृत व्यक्तित्व महाकाव्यकार सीता भट्टराई, सशक्त पद्य कवि प्रह्लाद पोख्रेल, मुक्तक प्रतिष्ठानका अध्यक्ष मुक्तककार रामकाजी कोने, गत साल सम्मानित महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, सल्लाहकार तथा मुक्तककार रमेश पौडेल, लीलाध्वज थापा प्रतिष्ठानका संस्थापक अध्यक्ष विजयध्वज थापा, मुक्तककार सुनिल अधिकारी,प्रा.डा गोविन्दमानसिँ कार्की,सिस्नोपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, डा.वासुदेव काफ्ले,मदन नेपालको विशिष्ठ आतिथ्यमा दीपोज्वलन र राष्ट्रिय गानबाट कार्यक्रम सुरु भयो।

सम्मानित व्यक्तित्वको विशद परिचय डा. देवी नेपालबाट भए लगत्तै सभापति, पुरस्कार संस्थापक, प्रमुख अतिथिबाट सम्मानित पुरस्कृत गरियो। लगत्तै सम्मानित व्यक्तित्व सीता भट्टराईले प्राप्त गरेको पुरस्कार राशिमा १०,००० हजार थप गरी संस्थालाई नै पुरस्कृत गरिन्।
मञ्चमा आसीन सबैबाट आआफ्ना मन्तव्य व्यक्त भएपछि रचना वाचन सुरु भयो । वाचकहरू-लक्ष्मण गाम्नागे, दुर्गाप्रसाद सिग्देल, कृष्णप्रसाद प्रसाई,डिल्लीप्रसा मुल्तिउन्, जानुका गुरागई, पवित्रा दाहाल, बिष्णुप्रसाद आचार्य, श्रीराम राई, बोधकुमार पौडेल, पूजन मिश्र रहे भने वाचकलाई आआफ्ना फोटासमेतका कप उपहार प्रदान अध्यक्षमार्फत भई कार्यक्रम विसर्जन भयो ।
आज नै साधारण सभाको रूप दिई कार्यसमितिको हेरफेरसमेत गरियो । पहिला सचिव रहेकी इन्दिरा दाहाल कोषध्यक्षमा बसिन् भने मुकेश रिजाल सदस्यमा, सचिवमा कृष्णदेव रिमाल आए भने जानुका गुरागाई र डिल्लीप्रसाद मुल्तिउन् सदस्यमा नवागम भयो।

