ट्वाइलेट पसेकि महिलाको अश्लील भिडिओ खिच्ने सशस्त्रका डिएसपी पक्राउ
काठमाडौं। सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक तुलसिंह केसी पक्राउ परेका छन् ।

स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा सशस्त्र प्रहरीका डिएसपी तुलसिंह केसी पक्राउ गरेको हो।
पोखरा स्थित ४ नम्बर बाहिनीमा कार्यरत केसीलाई स्वयम्भू वृत्तले शनिबार बेलुका पक्राउ गरिएको वृत्तले जनाएको छ । केसीलाई वैयक्तिक गोपनीयता सम्बन्धी ऐनअनुसार आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको एक अधिकृतले बताए ।
‘महिलाले जाहेरी दिएपछि केसीलाई अनुसन्धान सिलसिलामा पक्राउ गरिएको हो ।’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने ।

