रौतहटमा सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका बिषयक अन्तरक्रिया सम्पन्न
रौतहट।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औ स्थापना दिवसको अवसरमा सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका बिषयक कार्यक्रम तराई बिकास तथा संचार केन्द्र नेपालले रौतहटको देवाही गोनाहीमा आयोजना गरिएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य माननीय डाक्टर रामकुमार फुयालले आयोग आगामी योजना निर्माणका क्रममा लागेको बताउँदै योजना अनुसारका बजेट सहि ढंगले खर्च भए नभएको अबका दिनमा त्यसको समिक्षा गम्भीरतापूर्वक गरिने बताउनुभएको छ।
कार्यक्रममा आयोग हेटौंडा कार्यालयका डाक्टर हेम बहादुर केसीले रौतहटका स्थानिय तहमा बेथिति बढिरहेको गुनासो आएको बताउदै पछिल्ला दिनमा सरकारी कागजात सच्याउने प्रक्रिया बढिरहेको सन्दर्भ र यसतर्फ अख्तियारको ध्यानाकर्षण भएको बताउनु भएको छ ।
त्यस्तै महालेखाका नायब महालेखा परिक्षक एवं मधेस प्रदेश प्रमुख श्याम प्रसाद भण्डारीले रौतहटका स्थानीयका जनप्रतिनिधिलाई स्थानीय तहमा कसरी बेरुजु घटाउने भन्ने प्रशिक्षणमुलक धारणा राख्नुभयो।कार्यक्रममा रौतहटका प्रजिअ हिरालाल रेग्मीले स्थानीय तहमा हार्दिकताको कमीका कारण समस्या देखिएको छ। उहाले सबैले एकाअर्कामा विस्वासीलो वतावरण बनाउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्लाभरका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले भागलिएको कार्यक्रममा आफनो क्षेत्रमा उत्कृष्ट कार्य गर्ने गौर नगरपालिका मेयर शम्भु साह र पत्रकार संजय मिश्रा लाई प्रमुख अतिथि रामकुमार फुयालसहितका बिशिस्ट अतिथिहरुले प्रमाणपत्र सहित सम्मान गर्नुभएको छ।

