सोलु कांग्रेसका सभापति शेर्पा भन्छन् – ‘१६ गते कुनै बैठक छैन,भ्रममा नपर्नुहोला’
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले माघ १६ गते जिल्ला कार्यसमितिको कुनै पनि बैठक नरहेको स्पष्ट पारेका छन्।

पार्टीको संगठन र समसामयिक राजनीतिक बिषयमा छलफल गर्नुपर्ने भन्दै जिल्ला कार्यसमितिका सचिबद्वय भलाकाजी राई र युवराज घिमिरेले माघ १६ गते बैठक बोलाएको पत्र सार्बजनिक भएसंगै सभापति शेर्पाले सामाजिक सञ्जालमार्फत सो दिन औपचारिक/अनौपचारिक कुनै किसिमको बैठक र छलफल आयोजना नगरिएको स्पष्ट पारेका हुन्।नेपाली कांग्रेस सोलुखुम्बुले महासमिति सदस्य निर्वाचनको प्रकृया अगाडी बढाइ सकेको सन्दर्भ स्मरण गराउँदै सभापति शेर्पाले भनेका छन्- ‘अनावश्यक भ्रममा नपर्नु होला/नपार्नु होला।’
सभापति शेर्पाले पार्टी विधान बमोजिम महासमिति सदस्य निर्बाचनका लागि गठित् समितिलाई नियमानुसार सम्पूर्ण निर्बाचन प्रक्रिया सम्पन्न गरि माघ १९ गते भित्र प्रतिबेदन पेश गर्न गत बिहिवार निर्देशन दिएका थिए।निर्बाचनका लागि यसअघि नै जिम्मेवारी प्रदान गरिएकोमा विविध कारणले स्थगित हुँदै आएको उनको भनाइ छ ।
निर्बाचन गराउने जिम्मेवारी पाएको डेमोक्रेटिक लयर्स एसोसिएसनलाई सभापति शेर्पाले पठाएको पत्रमा नेपाली कांग्रेस केन्द्रीय निर्बाचन समितिको माघ २, २०८० को परिपत्र अनुसार माघ २० गतेभित्र अनिबार्य रूपमा महासमिति सदस्यहरुको नाम पठाइ सक्नुपर्ने उल्लेख गरिएको छ।
सचिबद्वयको पत्र


