समुदायमा कांग्रेस’अभियान आजबाट सुरु हुंँदै



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आजबाट ‘समुदायमा कांग्रेस’अभियान सञ्चालन गर्ने भएको छ। माघ १६ गते सहिद दिवसको दिन विशेष कार्यक्रमसहित पहिलो चरण प्रारम्भ गरिने अभियानको समापन भने अनुसार माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसको दिन हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीले अभियानका लागि केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधि तथा वडा प्रतिनिधिबाहेक केन्द्रदेखि वडासम्म विभिन्न तहमा रहेका पदाधिकारी एवं सदस्यहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आवद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिहरूलाई आफू क्रियाशील सदस्य रहेको वडामा पुग्न अनिवार्य गरेको छ । यसरी अभियानमा वडा तहसम्म पुगेका प्रतिनिधिहरूले वडामा कुनै श्रम वा सामाजिक कार्यमा सहभागी अनिवार्य हुनुपर्ने मुख्यसचिव पौडेलले जानकारी दिए । 

“उक्त अभियानको लागि जिल्लास्तरमा केन्द्रीय प्रतिनिधि खटिइसक्नु भएको छ भने केन्द्रीय प्रतिनिधि समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सवै ६७४३ वटै वडामा प्रतिनिधिहरू खटिनु हुनेछ । केन्द्रीय पदाधिकारीहरू अभियानमा विभिन्न स्थानमा सहभागी हुनुहुनेछ,” पौडेलले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्