आजपाको मधेस प्रदेश बन्द : उपमहासचिव घिसिङ सहितका नेता कार्यकर्ता जनकपुरबाट गिरफ्तार



जनकपुर।आम जनता पार्टीका उप-महासचिव अरुण घिसिङ लगायतका नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।पार्टीले घोषणा गरेको बन्द सफल बनाउन सडकमा निस्किएका बेला उनीहरूलाई प्रहरी जनकपुरबाट गिरफ्तार गरेको हो।

आजपाले आज मधेस प्रदेश बन्दको घोषणा गरेको छ।बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी तथा आम सर्वसाधारण जनतालाई सहज कर्जा उपलब्ध गराउन माग गर्दै आजपाले आज मधेस प्रदेश बन्द गरेको हो।

बन्दको पूर्ब सन्ध्यामा सो पार्टीले विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन प्रदर्शन गरेको जनाएको थियो।file foto

प्रतिक्रिया दिनुहोस्