माघ २२ गते संघीय संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडौं । सरकारले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक माघ २२ गते दिउँसो ४ बजे बस्ने गरी बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सरकारले राष्ट्रपति समक्ष सो सिफारिस गरेको हो।

मन्त्रिपरिषद बैठअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसँग अधिवेशनको विषयमा छलफल गरेका थिए।सभामुख घिमिरेले पनि संसदको व्यवस्थापकीय तयारीका सम्बन्धमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराए ।

प्रधानमन्त्रीसँग संवाद गर्नुअघि सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसँग हिउँदे अधिवेशनको व्यवस्थापकीय तयारीबारे छलफल गरेका थिए । सभामुख घिमिरेका अनुसार हिउँदे अधिवेशनमा संसदीय पात्रो लागू गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्