माघ १२ गतेदेखि काठमाडौंमा ‘छैठौें नेपाल एग्रीटेक’को आयोजना गरिने



काठमाडौं।कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा तीनदिने कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी’छैठौें नेपाल एग्रीटेक’को आयोजना गरिने भएको छ।

माघ १२,१३ र १४ गते हुने सो प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने आयोजकको भनाई छ।प्रदर्शनी media Space Solutions Pvt. Ltd., Futurex Trade Fair and Events Pvt. Ltd., तथा Exhibitions & Trade Services India Pvt. Ltd. ले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले २०८० माघ उद्घाटन गर्ने सो प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन,गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने बताइएको छ।साथै, यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न बिषयमा स्वदेशी बिज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देश भरि बाट आउनु हुने कृषकहरुलाई कृषि प्रबिधि, कृषिका विभिन्न विधाहरुकोबारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएको छ।

नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना साना औजार,मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ । उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्