मन्त्रीको टाउको फुटाएरै भएपनि उपेन्द्र यादवले गरे मधेस कृषि बिश्वविद्यालयको शिलान्यास
राजबिराज।मधेश प्रदेश कृषि विश्वविद्यालय शिलान्यासको बिषयले उग्र रुप लिंदा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवको टाउको फुटेको छ ।

आफू शिक्षा मन्त्री भएपनि कुनै जानकारी नदिइ बिश्वविद्यालयको उद्घाटन गर्न लागिएको भन्दै बिरोधमा उत्रिएका मन्त्री यादवमाथि प्रहरीले लाठी बर्षाउंदा उनको टाउको फुटेको हो।प्रहरीको लाठी प्रहारबाट शिक्षामन्त्री यादवसंगै प्रदेश सांसदहरु सतिश सिंह,रञ्जु खंग र भाग्य श्री चौधरी घाइते भएको जनमत पार्टीले जनाएको छ ।
बिरोधकाबीच जसपाका अध्यक्ष उपेन्द्र यादवले सोमबार राजविराज १३ स्थित विषहरियामा मधेस कृषि बिश्वविद्यालयको शिलान्यास गरेका छन्।सप्तरी-२ बाट पराजित यादवलाई शिलान्यास कार्यक्रमको प्रमुख अतिथि बनाएपछि जनमत त्यसबिरुद्ध आन्दोलित भएको थियो।(फोटो:बिरोध प्रदर्शन गर्दै जनमतका नेता कार्यकर्ता)

