जमरकट्टेल सेवा प्रतिष्ठानको साधारणसभा:छात्रछात्रालाई छात्रवृत्ति तथा जेष्ठ नागरिकलाई सम्मान प्रदान
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जमरकट्टेल सेवा प्रतिष्ठान, नेपालले बार्षिकोत्सब तथा साधारणसभाका अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

संस्थाको १० औं बार्षिकोत्सव तथा साधारणसभाका अवसरमा नेचासल्यानमा शनिबार आयोजित कार्यक्रममा ‘सहिद नरनाथ अजुद्धाकुमारी जमरकट्टेल स्मृति जेहेन्दार छात्रवृत्ति काेष-२०७७’ बाट एक छात्र र एक छात्रालाई पुरस्कृत गरिएको संस्थाका महासचिव देबेन्द्र जम्मरकट्टेलले जानकारी दिए।
२०७९ काे एसईई परीक्षामा गाउँपालिका सर्बोत्कृष्ट हुन सफल केदार माबिका छात्र केशव राई र छात्रा भावना कटेललाई तीन हजार रूपैयाँ नगदका साथ छात्रवृत्ति प्रमाण-पत्रद्वारा पुरस्कृत गरिएको हो।
राईले प्राविधिक धार सिभिल ईन्जिनियरिङ समूहबाट ३.५२ जिपिए र कटेलले ३.५० जिपिए प्राप्त गरी साधारण धार तर्फबाट नेचासल्यान गाउँपालिका प्रथम भएको जानकारी कार्यक्रममा गराईएको थियो।
महासचिव जम्मरकट्टेलका अनुसार कार्यक्रममा जिम्मवाल हितानन्द जम्मरकट्टेल अक्षयकोषबाट गौरीशंकर गुरुकुलका बटुक राजन दाहाललाई चार हजार छात्रवृत्ति र सुदर्शन-भद्रमाया अक्षयकोषबाट जनही २ हजार पांच सय नगदसहित नरमाया जम्मरकट्टेल र अजम्बर जम्मरकटेललाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो।
प्रतिष्ठानका अध्यक्ष कमल जमरकट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेचासल्यान नेचासल्यान गाउँपालिका सामाजिक बिकास समितिका संयोजकसमेत रहेका वडा नं-४ का वडाध्यक्ष इन्द्रकुमार राईले सो सम्मान,पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका थिए।
महासचिव जम्मरकट्टेलले सांगठनिक र कोषाध्यक्ष तोया जम्मरकट्टेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको सो साधारणसभामा विभिन्न ब्याक्तित्वहरुले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।






